काठमाडौं : नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुगेका छन्। अस्पताल पुगेर देउवाले ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका कांग्रेस नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
देउवासँगै अर्थमन्त्री विष्णु पौडेल,कांग्रेस उपसभापति धनराज गुरुङ,कांग्रेस प्रमुख सचेतक रमेश लेखक,कांग्रेस नेता बालकृष्ण खाडलगायत नेताहरू अस्पताल पुगेका हुन्।
यसैबीच सभामुख देवराज घिमिरेले पनि अस्पताल पुगी नेता भण्डारीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। बुधबार राति ग्यास सिलिण्डर पड्किएर सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।
उपचारका क्रममा नेता भण्डारीको आमा हरिकलाको निधन भएको छ। अस्पतालमा उपलब्ध स्रोत र साधनले उपचार गर्न असम्भव भएकाले विदेश लैजान सिफारिस गरिएको छ।