काठमाडौं । माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ परेका छन् । सोमबार माछापोखरीमा यातायात व्यवसायीहरूले ट्राफिक कारवाहीको विषय लगायत विभिन्न १० वुँदे माग राखी गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको दुईवटा भ्यान आगजनी गर्ने ६ जना पक्राउ परेका हुन् ।