काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० जना सहसचिवको सरुवा गरेको छ ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका महानिर्देशक, उपमहानिर्देशक, आयोजना निर्देशकको सरुवा, पदस्थापन र काज गरेका हुन् ।