काठमाडौंमा माघ २८ र २९ गते चलेको राष्ट्रिय भेलाले केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको एक सदस्यले जानकारि गराए ।
राष्ट्रिय भेलाले सम्पूर्ण जिल्ला र क्याम्पस तहमा संगठन आक्रामक ढंगबाट विस्तार गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै, भेलामा प्रस्तुत गरिएको विधानलाई संशोधनसहित आगामी महाधिवेशनमा पेश गर्ने अनुमति प्रदान गरिएको छ । भेलाले महाधिवेशन सञ्चालनका लागि कमल रजवार (बम)को संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

त्यस्तै, आगामी स्ववियु निर्वाचनमा त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा संगठनको उमेदवार उठाउने पनि भेलाले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
संगठनको भेलाले पाठ्यपुस्तक समयमै पुर्याउन पनि सरकारसँग माग गरेको छ।
नेपालप्रेस