पोखरा लेकसाइडस्थित सेल्वेज सपिङ सेन्टरको गोदाममा आगलागी भएको छ।
शनिबार साँझ आगलागी भएकाले अहिले पनि निभाउने क्रम जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।
लेकसाइड सपिङ सेन्टरभित्र रहेको सेल्वेजको अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन मुस्किल परेको एसपी केसीले बताए।
‘अण्डरग्राउण्डमा आगलागी भएकाले निभाउन मुस्किल परेको छ, अन्य पसलमा आगो फैलिन दिएका छैनौं,’ उनले भने, ‘लगभग आगलागी नियन्त्रण हुँदैछ।’
आगलागी के कारणले भयो भन्नेबारे अहिले खुलेको छैन।
आगो नियन्त्रणमा आइसकेपछि यसबारे अनुसन्धान गर्ने एसपी केसीले बताए।
आगलागी नियन्त्रण गर्न पोखरा महानगरपालिकादेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मका दमकल प्रयोग गरिएको छ।
आगलागीले सपिङ सेन्टरभित्र रहेका अन्य पसललाई क्षति पुग्न नदिन सामान निकालेको एसपी केसीले बताए।
उक्त सपिङ सेन्टरभित्र रेष्टुरेण्टदेखि विभिन्न पसल, एटिएम बुथ, हिमालय जाभाको कफी पसल लगायतका व्यवसाय संचालनमा छ।
आगो नियन्त्रणमा लिन प्रहरी र स्थानीय लागिपरेका छन्।