महामन्त्री थापाले प्रदेश सरकारमा गएको विषयलाई लिएर राप्रपालाई पनि प्रश्न गरेका छन् । राजसंस्था फर्काउँछु भनेर जनतामा भोट मागेर आएको दलका सांसदहरुले यसबारे बोल्न नपाउने भन्ने आफूलाई नलागेको उनले बताए ।
तर प्रदेश खारेज गर्नुपर्छ राप्रपाका नेताहरु सभामुख र प्रदेश सरकारमा मन्त्री भएको भन्दै उनले भने, ‘प्रदेशमा ल्याएको कानुन पास गरौं प्रदेश बलियो हुन्छ । सभामुख भएर यो प्रदेशको संसद कसरी कमजोर बनाउने भनेर दिनरात सोच्नुपर्यो ।’
उनले अघि भने, ‘मन्त्रीहरुले प्रदेश सरकारलाई कसरी असफल बनाउने भनेर सोच्नुपर्यो । प्रदेश सरकार सफल भयो भने त प्रदेश चाहिन्छ भन्ने हुन्छ ।’