काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले प्रतिनिधिसभा चुनावी सभा जस्तो भएको टिप्पणी गरेका छन् ।
बुधबार आयोजित आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विचार गोष्ठीमा बोल्दै उनले आफूहरुले सोचे जस्तो सामूहिक नेतृत्वको विकास हुन नसकेको बताए ।
उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै भने, ‘नयाँ भनिएकाहरुमा पनि धेरै समय लागेन । थोरै समयमा सत्ता लिप्सा देखियो । स्वार्थहरु टकराएको देखियो । फेरि पुरानै शैलीलाई अपनाउन खोजे जस्तो देखियो । हामी हाम्रो पार्टीलाई व्यवस्थित गर्न लागिरहेका थियौं । कमीकमजोरी हाम्रो पार्टीमा छ । त्यसभित्र लडिरहेका छौँं ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनमा अहंकार देखिएको बताए ।