काठमाडौं : मध्यटर्की र उत्तर–पश्चिम सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ३७००भन्दा बढीको ज्यान गरको छ। हजारौं घाइते भएका छन्। समाचार तयार पार्दासम्म टर्कीमा करिब १ हजार ५ सय बढीको मृत्यु भएको छ भने सिरियामा ८ सय बढीले ज्यान गुमाएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भूकम्प पनि गएको हो। यूएस जियोलोजिकल सर्भेका अनुसार यो शक्तिशाली भूकम्पमा पर्छ। सबैभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको प्रभावित क्षेत्रमा उद्धारकार्य जारी छ।
टर्कीको गाजियान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण कैयौं भवन भत्किएका छन्। उक्त क्षेत्रमा लाखौं सिरियाली शरणार्थीको बसोबास छ। द्वन्द्व प्रभावित उत्तरी सिरियामा मात्रै हालसम्म ८ सय जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। त्यहाँ पनि मृतकको संख्या थपिने क्रममा छ। उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो।
annapurn