एजेन्सी- चीनको हुनान प्रान्तमा ५ वटा सवारीसाधन एक(आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने गम्भीर रहेको छ । दुर्घटना भएपछि केही सवारीसाधनमा आगलागी समेत भएको छ ।
ठक्करबाट अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएको हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी विभागले जनाएको छ । अन्तर्राष्ट्रिय समाचारका अनुसार उद्धारका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल समेत परिचालन गरेको छ।
melaulinews