सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । काठमाडौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निः शुल्क मिर्गौला प्रत्यारोपण गरिएको छ। प्रदेश अस्पतालले अनुमति पाएको ३ महिनापछि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको हो ।