बेइजिङ : ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न चीनले अमेरिकालाई आग्रह गरेको चिनिया विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेकी छन् ।
अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सको हालैको प्रतिक्रियाका विषयमा सोध्दा प्रवक्ता माओ निङले उक्त टिप्पणी गरेकी हुन् ।
उनले ताइवानप्रति चिनियाँ नेताको महत्वाकांक्षालाई कम आँकलन गर्न नहुने बताए। ‘ताइवान चीनको एक अविभाज्य भाग हो। ताइवानको विषय पूर्णतया चीनको आन्तरिक मामिला हो,’ प्रवक्ता माओले भनिन् ।
प्रवक्ता माओले ताइवानको विषय र र युक्रेन मुद्दा भिन्न प्रकृतिका भएकाले यी दुईबीच तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिएकी छन् । उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखेकी हुन् ।
Annapurn