नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ।
विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ता आज छ। उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको थियो।
प्रस्ताव दर्तापछि अपराह्न ४:१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए।
विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ।
यसैबीच सत्ता गठबन्धनले माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।