काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको विषय समाधान हुने बताएका छन् । शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले त्यसबारेमा अहिले कुरा हुने बताए ।
पत्रकारले सोधेको रास्वपाले दिएको अल्टिमेटम सकिन लाग्यो के गर्नुहुन्छ भन्ने प्रश्नमा उने भने– अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।’ उनले यसबारे अन्य थप कुरा भने बताएनन् ।
शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट छोड्ने निर्णयका लागि सरकारलाई दुई दिन समय दिएको थियो ।