काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नु जायज भएको बताएका छन् । पार्टीको पाँचौं केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले बैठकमा सबै प्रकारको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन विद्रोह गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘हामीहरुले विद्रोह गरेको तथ्य पुष्टि भइसकेको छ, पछि पनि पुष्टि हुनेछ, सिद्धान्त गलत छ कि सही छ त्यो व्यवहारले पुष्टि गर्छ ।’ देशका प्रत्येक मोडमा कम्युनिष्ट पार्टीले गौरवशाली भूमिका खेलेको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीले खेलेको भूमिकाप्रति गौरवबोध भएको बताए ।