बैतडी – बैतडीमा एक जना मृत फेला परेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का पदमराज अवस्थी पाटन नगरपालिका वडा नम्बर ६ गबरजलढ्वानी भीरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
अवस्थीको खल्तीमा प्रहरीलाई दिनका लागि तयार पारिएको निवेदन भेटिएको बताइएको छ ।
निवेदनमा आफूले होटलमा काम गरेको पैसा नपाएको र सो पैसा प्राप्तिका लागि सहयोग गरिदिनुपर्ने आसय उल्लेख गरिएको श्रोतले जनाएको छ ।
बिहीबार मृत फेला परेका अवस्थीको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले घटनाको अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका छन् । मृतक अवस्थीले लकडाउन भन्दा अगाडि पाटनस्थित अवस्थी होटलमा काम गरेको खुलेको छ ।
मृतक पदमराजको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
melaulinews