२० माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तारको तयारी गरेको छ । नवनियुक्त मन्त्रीहरुलाई आजै ४ बजे शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयमा भइरहेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत र नेकपा माओवादी केन्द्रलाई ७ मन्त्रालय भागबण्डा गर्ने गरी मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन् ।