क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदनउपर आज सुनुवाइ हुँदैछ ।
किशोरी बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरिएको थियो ।