काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।
क्यानले बिहीबार मात्र सन्दीपलाई बन्द प्रशिक्षणमा समेट्ने निर्णय गरेको थियो । यसअघि २८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको क्यानले ८ खेलाडीलाई बाहिर राखेको छ ।