विहिबार १९/१०/२०७९
आज धुम्बाराही केन्द्रीय पार्टी कार्यालयमा वसेको राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । आज सम्पन्न बैठकमा राप्रपाले तपशिलका निर्णयहरू गरेको छ ।
१. पार्टीको विधान बमोजिम पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन ।
२. पार्टी र सरकार बीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन ।
३. आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने भनि निर्णय भएको जानकारी प्रवक्ता एंव राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताउनु भयो।
www.sushasanonlinenews.com