विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुंग्याउन नसके प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् । विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशले नाम राख्न सकेको छैन । प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुंगो लगाउने पक्षमा छौं । सहमति नभए प्रक्रियाबाट भएपनि नामको विषय टुंगो लगाउने पक्षमा हामी छौं,’ उनले भने ।