काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले करिब आधा दर्जन कलाकर्मीसँग भेटघाट गरेका छन् । शाहले कलाकर्मीसँग बुधबार आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।
कलाकर्मी शाहलाई आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने छैटौं ‘निफ’–२०२३ को सिलसिलामा पुगेका थिए । उक्त अवसरमा कलाकर्मीले बालेनलाई फिल्म महोत्सवको विभिन्न जानकारी समेत दिएका थिए । कलाकर्मीलाई मेयर शाहले फेस्टिभलका लागि आफू र महानगरले सक्दो सहयोग गर्ने बताए ।
भेटमा निफका प्रमुख सल्लाहकार नीर शाह, कलाकार सङ्घकी वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, निर्देशक यादव भट्टराई, निर्देशक तथा ‘निफ–२०२३’ का पिआर प्रमुख ऋषि लामिछाने, अभिनेत्री सरिता गिरी लगायत सहभागी थिए ।