बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
घाइते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिए।
बागलुङ नगरपालिका- ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको जनाएको छ ।
आत्मदाहको कारणबारे केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।