काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नदिने संकेत पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग भेटेलगत्तै दिउँसो लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।
लामिछाने पदमुक्त भएपछि रिक्त रहेको गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैं राख्ने तयारी गरेका छन् । उनलाई पार्टीभित्र पनि अब गृह नछाड्न दबाब छ ।
माओवादीको आजको बैठकले लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट पूर्ण फैसला नआएसम्म गृहमन्त्री कसैलाई नदिन प्रधानमन्त्री प्रचण्डलाई बताइसकेको छ ।
तर, रविलाई नै गृहमा फर्काउन एमाले सकारात्मक देखिएको छ । रविको ओलीसँग गृहको विषयमा छलफल भएको बुझिएको छ ।