पेसावर । पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ८७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । घटनामा १ सयभन्दा बढी घाइते रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
उद्धार कार्य पछिल्लो १८ घण्टादेखि जारी रहेको छ । मोहमद बिलाल फैजीले अझै पनि केही मानिसहरू भग्नावशेषमा पुरिएको आशङ्का व्यक्त गरेका छन् । उच्च सुरक्षा रहेको प्रहरी हेडक्वार्टर भएको क्षेत्रमा कसरी हमला प्रवेश गर्यो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।
ratopati