दमौली । तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदी बन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो ।
नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गरेका छन् । उनले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक लाख बराबरको खाट सहयोग गरेको बताए । उनले भने, ‘कैदी बन्दीको सहजताका लागि विभिन्न पालिकाले सहयोग गरिरहेको थियो, कारागारका तर्फबाट हामीलाई पनि अनुरोध भएबमोजिम सहयोग गरेका हौँ ।’