१२ मन्त्रालय रहेको गण्डकी प्रदेशमा नयाँ सरकार बनेसँगै गाभिएर ७ मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय घटाएसँगै भनेका छन्- अब सरकारको खर्च पनि घट्छ । धेरैको अपेक्षा पनि त्यस्तै देखिन्छ । तर, मन्त्रालयहरूचाहिँ कसरी व्यवस्थापन हुन्छन् भन्ने उत्सुकतामा पनि छ ।