सुर्खेत । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला, मुगु, जुम्लामा भूकम्प आउने हल्ला सुनेपछि त्यहाँका स्थानीय नागरिक रातभर घरबाहिर जागराम बसेका छन् ।
हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि उक्त जिल्लाका स्थानीय नागरिकहरू आइतबार राति १२र१ बजे देखि सोमवार बिहान सम्म पनि घर बाहिर आगो तापेर नै बसिरहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले जानकारी दिए ।
उनका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको बताए । आइतबार राती अबेरबाट फैलिएको हल्लाले स्थानीय नागरिकहरू चिसो मौसममा आगो तापेर घर बाहिर बसेका छन् ।
nepalpress