कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी बनाउन राज्यमन्त्री नियुक्त गरिएको छ।
नेकपा माओवादी केन्द्रले डोल्पाकी उर्मिला विश्वकर्मालाई राज्यमन्त्री बनाएको हो।
उनलाई भौतिक पुर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्री बनाइएको हो।
७ सदस्यीय मन्त्रीपरिषद्मा सबै जना पुरूष मन्त्री बनेपछि माओवादीले समावेशीतालाई ख्याल गर्दै राज्यमन्त्री बनाएको हो।
उनले पनि पद तथा गोपनीयताको शपथ लिइसकेकी छन्।
उनलाई मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
यसअघि ८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर ७ बनाइएको थियो।