बैतडी-मेलौलीमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। यहि माघ २०,२१ र २२ गतेदेखि प्रतियोगित सञ्चालन हुने शिक्षा, युवा तथा खेलकुद शाखा मेलौली नगरपालिकाले जनाएको छ।
नगरपालिका भित्रका माध्यमिक विद्यालयको सहभागिता रहने गरि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने एक सुचना जारि गर्दै जनाईएको छ। सम्पूर्ण विद्यालयहरुलाई आवश्यक पूर्वतयारीका लागि अनुरोध गरिएको छ।
प्रतियोगितमा छात्र छात्राको भलिबल, कबड्डी र एथ्लेटिक्स हुने जनाईएको छ। यसैगरि दौड (ट्रयाक) १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४१०० मिटर रिले र ४४०० मिटर रिले दौड हुने छ। प्रतियोगितमा हाईजम्फ, लङ्गजम्प, ज्याभलिङ्ग थ्रो ८०० ग्राम छात्र र ६०० ग्राम छात्रा, सर्टफुड १२ पाउण्ड छात्र ८ पाउण्ड छात्राको गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दद्धार हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।
प्रत्येक बिद्यालयका टिम ईभेन्ट्सहरुमा एक एक टिम सहभागि हुन पाउने जनाईएको छ। एथ्लेटिक्स ईभेन्टका प्रत्येक खेलाडिहरुले बढिमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाक ईभेन्टमा भाग लिन पाउने सुचना मार्फत जनाकारी गराईएको छ।
प्रतियोगितामा सहभागि हुन चाहन बिद्यालयहरुले माघ १८ गतेसम्म शिक्षा, युवा तथा खेलकुद शाखाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतियोगितामा पहिलो हुने बिद्यालयलाई ५० हजार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र, दोस्रोलाई ३० हजार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र, तेस्रो हुनेलाई २० हजार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ।
ब्यक्तिगत तथा टिम गेमको हकमा प्रथम स्थान हासिल गर्नेलाई स्वर्ण, द्धित्तिय स्थान हासिल गर्नेलाई रजत र तृतिय स्थान हासिल गर्नेलाई कास्य पदक र प्रमाणपत्र प्रदान गरिने जनाईएको।
प्रथम, द्धित्तिय र तृतिय स्थानको निणर्य गर्दा स्वर्ण रजत र कास्य पदक सख्याको आधारमा स्थान निर्धारण गरिने समेत सुचना मार्फत जानकारी गराईएको छ।
नगरपालीकाद्धार जारी गरिएको सुचना
![](https://melaulinews.com/wp-content/uploads/2023/01/325516898_9354929717866180_392112335723061379_n-221x300.jpg)
melaulinews