चुनावी समीक्षा र भावी रणनीति तय गर्न कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्ने भएको छ।
सोमबार र मंगलबार केन्द्रीय समिति बैठक गरी चुनावी समीक्षा र वर्तमान परिस्थितिको समीक्षा गरिने भएको हो।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार राप्रपा नेपाललाई फेरि उठाउँद्छौं भन्ने संकल्पका साथ केन्द्रीय समिति बैठक बस्न लागेको हो।
केन्द्रीय समिति बैठकबाट पार्टीको भावी वैचारिक तथा सांगठानिक कार्यदिशा र योजना तयार पारिने पनि उनले जानकारी दिए।
गत मंसिरमा भएको चुनावमा राप्रपा नेपालका उम्मेदवारहरू निर्वाचित भएका थिएनन्। सूर्य चिन्ह लिएर मकवानपुरमा उठेका अध्यक्ष थापा पनि पराजित भएका थिए।