काठमाडौं– उपसभामुखको निर्वाचनमा समर्थन गर्न रोष्टममा पुगेका राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले संसद्मा पात्र मात्र फेरिएको तर प्रवृत्ति नफेरिएको दाबी गरे।
शाहि भन्छन आज म यो रोष्टमा उभिदै गर्दा म सम्झिन चाहन्छु बि.स.२०१६ साल असार १६ गते मध्य राती सिहंदरबारको ग्यालरी हलमा सचिवालयका सचिव कुलशेखर शर्माले तत्कालीन दरबारको सन्देश पढेर सुनाए देखि सुरु भएको संसदको इतिहास आज ६३ बर्ष पूरा भएको छ । आज ६३ बर्ष पूरा भईरहदा हरेक संसदमा नयाँ पात्र र नयाँ अनुहार त आए तर के आम नागरिकको जिवनमा परिवर्तन आयो त ?
सम्माननिय सभामुख महोदय, लाई यो जाहेर गर्न चाहन्छु कि सन १९५८ जुनमा १ अमेरिकन डलर बराबर ६ रुपैया २१ पैसा नेपाली बिनियम दर थियो तर आज १ अमेरिकन डलर बराबर १ सय २९ रुपैयाँ ८३ पैसा छ । यो ६५ बर्ष को अन्तरालमा १९९० दशमलव ६६% ले हाम्रो रुपैया कमजोर भयो, रुपैया मात्र कमजोर भएको होईन हाम्रो अर्थब्याबस्था पनि कमजोर भयो र झन्डै २० खर्ब वैदेशिक ऋण छ । आज दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल र रेजिन सुब्बा लगायतका ३५ भन्दा बढी फुटबल खेलाडी विदेशिएका छन । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको छ । यो त एउटा उदाहरण मात्र हो १ बर्षमा झन्डै मिति २०७९ साल असार ३० गतेसम्मको वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ६ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन । पछिल््लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेमध्ये करिब १० हजार ९३२ जनाको मृत्यु भएको छ । सो अवधिमा सरकारी डाटा अनुसार मात्र ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका छ्न । जानकारी नभएका त कति छन कति । कुनै जमनामा भारत र बंगलादेश बाट श्रमिक मजदुर भित्राउने देश आज आज रोजि र रोटिका लागी अरबका गल्ली गल्लिमा नेपालिहरु भौतारिरहेका छन । अझै यसलाई अग्रगामी परिवर्तन र क्रान्ति भन्ने हो भने हामी भन्दा अल्पज्ञानी कोहि हुन सक्दैन । सभामुख महोदय, हिजो यहि संसदको रोष्टमा उभिएर बोल्दै गरेका माननीय सदस्यज्युहरुले भन्नु भयो मेरो संसद यात्रा चार कार्यकाल तीन कार्यकाल दुई कार्यकाल तर मेरो मनमा एउटा कुरा खेलिरहयो ।
हामी दोहोरिएर त आयाँै कोहि नयाँ अनुहार पनि आयाँै यहि कुर्र्सी र यहि पदका लागि हजारौं नागरिकले अकालमा ज्यान गुमाए हजारौं नागरिक घाईते भए अझै हजारौं बेपत्ता छन हिजो काले थिए आज गोरे आए भोलि खैरे आउने छन हाम्रो गौरबमय संसदमा पात्र त परिवर्तन भए तर अबस्था परिवर्तन भएन ।आज पनि भ्रष्टाचार का फाईलहरु अख्तियारको दराज मा धुलो लागेर थन्किएका छन्।, अख्तियार दुरूपयोग निवारण आयोगलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बनायाँै तर अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अख्तियार अनुसन्धानमै सिमित रहयो ।त्यसैले होला ठुलाठुला भ्रष्टाचारका काण्डका आवाज सडकमा तात्तिन्छन र सदनमा गुन्जिन्छ । तर भ्रष्टाचारिलाई कहिकतै कार्वाहि भएको देख्न र सुन्न पाईदैन । हरेक दिन पत्रपत्रिका, सामाजिक सञ्जाल , अनलाईन मिडियाहरूमा, हाम्रो र तपाई हामी सबैको मोवाईलमा भ्रष्टाचारका कुराहरु लेखिन्छन छापिन्छन । र हामीहरू हेरिरहेका छौं तर सम्वन्धित निकायके देखेर पनि नदेखे जस्तै कानमा तेल हालेर, आँखामा पट्टी बाधेर बसेको छ ।त्यसैले होला साना माछा मात्रै जालमा पर्ने ठुलाठुला माछा फुत्किन र कहिले सम्म ? हामी जस्ता तमाम नवजवान युवाहरू र सिङ्गो मुलुक भ्रष्टाचारले गर्दा बर्वाद भएको छ । हामीलाई सुन्न र देख्न मन छ अन्य देशका पुर्व राष्ट्रपति, पुर्व प्रधानमन्त्री र वहालवाल निकायका उच्च अहोदाका व्यक्ति हरूलाई भ्रष्टाचार काण्डमा सर्वस्वहरण गरि जेल गएको र कार्वाही भएको जसरि नेपालमा पनि होस ।त्यसैले अबका उप सभामुखका उम्मेदवार माननीय इन्दिरा राना मगर ज्यु लाई म र मेरो पार्र्टीको तर्फ बाट समर्थन गर्दछु ।। अब को पाँच बर्ष पछि फेरि यहि सदन उभिदै गर्दा र बिदा हुँदै गर्दा सिर्फ पात्र मात्र परिवर्तन नहोस अबस्था पनि परिवर्तन होस ।