३ माघ, काठमाडौं । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ ।
दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।
यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिक शाहीले जानकी दिए ।
मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।
७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।
शाहीले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।
सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ ।