लुम्बिनी प्रदेशमा उपसभामुखमा उम्मेदवारी दिएका दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि मेनुका खाण निर्विरोध निर्वाचित भएकी छन्।
उपसभामुखका लागि नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले मनोनयन दर्ता गरेका थिए।
दुवैजनाले उम्मेदवारी फिर्ता लिएपछि खाण निर्विरोध भएकी हुन्।
बैठकको अध्यक्षता गरेका डिल्लिराज भुसालले सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका खाण निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
घर्ती माओवादीका सांसद हुन् भने खाण राप्रपा सांसद हुन्।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९