राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ।
लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बन्ने भएका छन्।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्री बन्ने जानकारी दिए।
साथै उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन्।
![nic](https://www.setopati.com/uploads/bigyaapan/49264900.gif)
सांसद विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने उनले बताए।
यस्तै सांसद दिपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्। राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउन लागेको हो।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन्। दिउँसो १ बजे नयाँ मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ खुवाउने कार्यक्रम छ।