सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । माघ २ गते सोमबार दिनको १ बजे बस्ने गरि तोकिएको प्रदेश सभाको बैठक स्थगित भएको हो ।
शनिबार (हिजो) काठमाडौंबाट पोखराका लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित उडेको यति एयरको विमान दुर्घटनामा परेर जनधनको क्षति भएको भन्दै शोक मनाउन कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हो ।

Nepalpress