१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा नयाँ दिल्ली गएकी छन् ।
आरजु निकट एक केन्द्रीय सदस्यका अनुसार स्वास्थ्य उपचारको नियमित फ्लो अपमा उनी आइतबार (आज) दिल्ली गएकी हुन् । ‘फ्लो अपमा जान ढिलो भइसकेको थियो । उपचारका लागि जानुभएको हो,’ उनले भने ।
आरजुको गत साउनमा नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गरिएको थियो ।
उपचारकै क्रममा आरजुले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई भेटेकी थिइन् ।
onlinekhabar