सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
सभामुख निर्वाचनका लागि शुक्रबार बिहान ११ बजे बैठक आह्वान गरिएको थियो।
अहिले प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएको छ।
बैठक बस्ने विषयमा सर्वदलीय बैठक बसेको थियो। सर्वदलीय बैठक लम्बिँदा प्रदेश सभाको बैठक स्थगित भएको हो।
बुधबार साँझ भएको निर्वाचनमा एक मत बदर हुँदा सभामुख हुनबाट रोकिएका थिए।
भण्डारीले पहिलो चरणमा २७ मत पाए। त्यस्तै, दोस्रो पटक भएको मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए।
दोस्रो पटक भण्डारीको पक्षमा पनि २७ मत नआउँदा निर्वाचन शुक्रबारका लागि सारिएको थियो।
कांग्रेसका रावलले भने दुबै पटक २३ मत पाएका थिए।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा सभामुखमा निर्वाचित हुन कम्तीमा २७ मत आवश्यक पर्छ।
उपसभामुख चयनका लागि भने निर्वाचनको मिति तय भएको छैन।
यहाँ सत्तारूढ दलहरूबीचको भागबण्डामा उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई परेको छ।
setopati
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९