सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन बिहिवार हुँदैछ।
सभामुख पदका लागि सत्ता गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार बनेका छन्।
दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ।
माओवादीका भण्डारीलाई आफ्नै पार्टीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ।
रावललाई उनको पार्टी नेपाली कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन्।
५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत ल्याउनुपर्छ।
सभामुखमा भण्डारी नै चयन हुने निश्चित छ।
उपसभामुखका लागि निर्वाचनको मिति तय भएको छैन। यहाँ उपसभामुख सत्ता गठबन्धनको सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीलाई दिने भएको छ।