बैतडी घर भएका गायक भानुभक्त जोशी सम्मानित भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तड घर भएका जोशी रारा रष्ट्रिय म्युजिक अवार्ड २०७९ बाट सम्मानित भएका हुन् ।
गायक, सर्जक तथा डोटेली हास्यकलाकारको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका राष्ट्रि कलाकार जोशी देउडा गीत ‘मेरी माया शितलु छाया’ भन्ने गीतबाट उत्कृष्ट सांस्कृतिक गीतकार विधामा सम्मानित भएका हुन् ।मंगलबार राष्ट्रिय सभा गृह काठमाडौंमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई सम्मान गरेकी हुन्।
‘मेरी माया शितलु छाया’ देउडा गीतको शब्द सिर्जना गरेका जोशी सोही गीतबाट अहिले सम्मानित भएका हुन् । जोशीले आफूले पहिलोपटक अवार्ड प्रतिस्पर्धामा भाग लिएको र पहिलो पटक नै अर्वाडबाट सम्मानित भएको बताए । ‘मेरी माया शितलु छाया’ छ महिना पहिले बजारमा आएको थियो