काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
३०१ औं पृथ्वीको अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरुको पनि उपस्थित रेहेको छ । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य पार्टीका नेताहरुको उपस्थिति रहेको छ ।
सरकारमा सहभागी हुनका लागि राप्रपाले एकीकरणका पिताका रुपमा चिनिएका बडामहाराजाधिराज पृथ्वीनारायण साह जयन्तीमा बिदा दिनुपर्ने माग अघि सारेकाे थियो । त्यही मागका आधारमा मन्त्रिपरिषदको पुस २५ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको थियो ।
यसअघि २०७४ सालमा बिदा दिइँदै आएकोमा बिदा कटौती गर्ने क्रममा पृथ्वी जयन्तीलाई पनि कटौती गरिएको थियो ।