काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले वर्तमान सरकारको कार्यकालभर न्याय सम्पादन रहिरहने बताएका छन् । मङ्गलवार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै उनले लोकतन्त्र व्यवहारमै उतार्नुपर्ने भन्दै निर्मला पन्त र नवराज विकहरुले न्याय नपाएसम्म लोकतन्त्र बलियो हुन नसक्ने बताएका हुन् ।
‘लोकतन्त्र भनेको प्रक्रिया मात्रै होइन, हामीले यसलाई लामो समय प्रक्रिया मात्रै बनायौ, अव हामीले यसलाई व्यवहार बनाऔँ, जुन दिन लोकतन्त्रलाई व्यवहार बनाउँछौ त्यो दिन त्यस दिन समाज परिवर्तन हुन्छ । रूपान्तरण हुन्छ’, परियारको भनाइ छ । उनले आफ्नो पार्टी सरकारमा सहभागी भएर कस्तो काम गर्नुपर्छ भनेर सुरुवात भैसकेको बताए ।
‘जबसम्म निर्मला पन्तले न्याय पाउँदैनन् र रुकुमका नवराज विकहरू न्याय पाउँदैनन् हामीले जति भने पनि हाम्रो लोकतन्त्र बलियो हुनेछैन’, परियारको भनाइ छ ।