प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकार्यको राजनीतिका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
प्रतिनिधि सभामा मंगलबार विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउनका लागि विश्वासको मत दिन अपिल गरेका हुन्।
‘निषेधको होइन, सहमति सहकार्य र आपसी विश्वासमा राजनीतिलाई अघि बढाउनका लागि विश्वासको मत दिन म आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘सामाजिक न्याय र सुशासनका लागि विश्वासको मत माग्न उभिएको छु।’
पहिलो पटक प्रधानमन्त्री हुँदा सिक्दासिक्दै राजीनामा दिनुपर्ने परिस्थिति आएको भन्दै प्रचण्डले दोस्रो कार्यकाल पनि उतारचढावमै वितेको उनले बताए।
![Esewa](https://www.setopati.com/uploads/bigyaapan/86186200.gif)
![nic](https://www.setopati.com/uploads/bigyaapan/49264900.gif)
अबको कार्यकाल सुशासनमा केन्द्रित हुने उनले बताए।
‘यसपटक फरक संकल्पका साथ संसदमा उभिएको छु। विश्वासको मत पाएमा म इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु,’ उनले भने।
प्रचण्डलाई सत्ता साझेदार ७ दलसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपासहितका दलले विश्वासको मत दिने निर्णय गरेका छन्।
setopati