प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन् । महामन्त्रीकका साथै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति राखेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलबाहादुर केसीले चार जनाले सहमति दर्ज गरेको रातोपाटीलाई बताए । उनले भने, ‘कार्यसम्पादन समितिमा हाम्रो एजेण्डा दर्ज गरौं । विश्वासको मत दिने कुरामा हाम्रो असहमति रह्यो ।’ आफूहरुले व्यक्तिगत रुपमा सहमति राखेको केसीको भनाइ छ । उनले भने, ‘हामीले आ आफ्नो भाषामा आ आफ्नो तरिकाले असहमति राख्यिौं ।’
गगन, विश्वप्रकाश र अर्जुननरसिंह केसी सांसद समेत छन् ।
ratopati