नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन्।
भुसाल एक-दुईभित्र एकीकृत समाजवादीमा आबद्ध हुन लागेको उच्च स्रोतले सेतोपाटीलाई बतायो।
‘उहाँ १/२ दिनमा एकीकृत समाजवादीमा आबद्ध हुनुहुन्छ। यसबारे अन्तिम कुराकानी भइसकेको छ,’ उच्च स्रोतले भन्यो,‘सबै कुरा मिलिसकेको छ। पद के हुने भन्दा पनि उहाँ सचिवालयमा रहनुहुन्छ होला।’
मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो।
भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९