जनता समाजवादी पार्टी (जसपा) ले पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ।
जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पृथ्वी जयन्तीका नाममा दिइएको विदाप्रति आफूहरूको फरक मत रहेको बताए।
‘सरकारले पुस २७ गते विदा दिने निर्णय जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनको मर्मविपरीत छ,’ यादवले भने,‘विदालाई न्यूनतम साझा कार्यक्रमको अंगको रूपमा मान्नु हुँदैन।’
पुस २७ गते विदा दिने निर्णय भएमा मात्रै सरकारलाई विश्वासको मत दिने राप्रपाले शर्त राखेको थियो।
राप्रपाकै दबाबका कारण सरकारले विदा दिने निर्णय गरेको हो।
setopati
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९