काठमाडौँ ः बैतडिमा प्रथम नेपाल इण्डो टी —२० प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिका १० खडेरि बाराकोट स्थित पन्चकोट युवा कल्वको आयोजनामा क्रिकेट प्रतियोगिता हुने कल्वका अध्यक्ष उत्तम बहादुर चन्दले बताउनु भयो । यहि पुष २७ गते सञ्चालन हुने प्रतियोगितामा भाग लिन चाहने टिमहरुले पुष २६ गते दिउँसो ३ बजे सम्म टिम दर्ता गराई सक्नुपर्ने अध्यक्ष चन्दले बताउनु भयो प्रतियोगितामा नेपाल तथा सिमार्वतित भारतीय क्रिकेट टिमहरु समेत सहभागि हुने जनाएको छ । बुढाबाजे खेलमैदान रातोमाटामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद ४०,००० सहित ट्रफि ,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रोलाई नगद २०,००० सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । खेलाडिको क्षमता अभिवृद्धि र सिमा क्षेत्रका बासिन्दा बिच खेल मार्फत सदभाव कायम गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
sudurpaschim province