अनिता चौधरी, धनगढीः सुदूरपश्चिममा देहत्याग (आत्महत्या) दर भयावह बन्दै गएको छ। प्रदेशभित्र तीन वर्षमा एक हजार तीन सय ७१ जनाले आत्महत्या गरेको प्रहरी अभिलेख छ। उनीहरुले विष सेवन, आगो लगाएर, झुण्डीएर, हाम फालेर, करेन्ट लाएर, हातहतियार प्रयोग गरेर तथा नदीमा हाम फालेर देहत्याग गरेको प्रहरीले जानकारी दिएको छ। जसमध्ये विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अभिलेख छ।
प्रदेशभित्र देहत्याग गर्नेको संख्या आर्थिक वर्ष २०७६÷७७ देखि अघिल्लो आर्थिक वर्ष २०७८÷७९ सम्म एक हजार ८ सय ८ देखिएको छ। विष सेवन गरेर, आगो लगाएर, झुण्डिएर, आफ फालेर, करेन्ट लगायर, हातहतियार औचार प्रयोग गरेर, नदीमा हाम फालेर तथा डुबेर प्राण त्याग गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकले देखाएको हो।
आत्महत्या गर्नेमा युवायुवती धेरै भएको देखिएको छ। आर्थिक वर्ष २०७६÷७७ मा विष सेवनबाट एक सय २४, आगो लगाएर एक, झुण्डिएर चार सय ७, हाम फालेर एक, हतियार प्रयोग गरेर एक तथा नदीमा हाम फालेर १३ गरी कुल ५ सय ४७ जनाले प्राण त्याग गरेका छन्।
विज्ञापनप्रदेशभित्र देह त्याग गर्नेको संख्या आर्थिक वर्ष २०७७÷७८ मा आएर झन बढेको छ। सो अवधिसम्ममा विष सेवन गरेर एक सय ७३, आगो लगाएर २, झुण्डिएर चार सय ९८, हाम फालेर चार, करेन्ट लाएर तीन, हतियार प्रयोग गरेर २ तथा नदीमा हाम फालेर चार गरी कुल ६ सय ७८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीको तथ्यांकले देखाएको हो। देहत्याग गर्नेमा किशोर÷किशोरी र युवा वर्ग धेरै भएको पाइएको छ। यो संख्या पहाडी जिल्लाहरुको तुलनामा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढि देखिएको छ।
देहत्याग गर्नेक्रम आर्थिक वर्ष २०७८÷७९ मा थोरै घटेको देखिएपनि झुण्डिएर देहत्याग गर्नेको संख्या भने सबैभन्दा उच्च देखिएको हो। सो अवधिसम्म झुण्डिएर चार सय ६६ जनाले आफ्नो प्राण त्याग गरेका छन्। त्यस्तै विष सेवन गरेर एक सय तीन, आगो लगाएर एक, हाम फालेर तीन तथा नदीमा हाम फालेर दुई जना गरी कुल ५ सय ७५ जनाले आफ्नो प्राण त्याग गरेको तथ्यांकले देखाएको हो। यसरी हरेक वर्ष देह त्याग गर्नेको संख्या उच्च रुपमा बढ्दै गएपनि यस विषयमा तीन तहका सरकारको ध्यान जान सकेको छैन्।
dinesh khabar