२३ पुस, दाङ । दाङमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका– ९ रिहारका २२ वर्षीय अनोवरकुमार यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुह एसपी वीरबहादुर वलीका अनुसार गत पुस २१ गते साँझ ५ बजे बालिकाले परीक्षा दिएर घर फर्कदै गर्दा बाटोमा यादवसँग मोटरसाइकलमा लिफ्ट मागेकी थिइन् । बालिकालाई लिफ्ट दिने बहानामा युवकले भरकुण्डी जंगलमा लगेर बलात्कार गरेर फरार भएको प्रहरीको भनाइ छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/11/250x250-ridhi-sidhi-cement-1.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/250x2502.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/12/250X250.gif)
बालिकाले घटनाबारे प्रहरीमा खबर गरेपछि विहीबार युवक पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
onlinekhabar