नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन्।
उनले प्रधानमन्त्रीको प्रस्ताव हल्ला भएको भन्दै भ्रममा नपर्न आग्रह गरे।
शुक्रबार देउवा निवास धुम्बाराहीमा कांग्रेस बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘अहिले बाहिर चर्चा छ। नेपाली कांग्रेस पार्टीले कसैलाई, कुनै दलको सभापतिलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ रे भन्ने चर्चा छ। नेपाली कांग्रेस पार्टी तत्काल नजाने गाउँको बाटो सोध्दैन। सोधिरहेको छैन। अहिले हामी आन्तरिक जीवनको विवर्शको क्रममा छौं।’
यी यावत विषयमा भ्रममा नपर्न उनले आग्रह गरेका छन्।



‘यी सब हल्ला मात्र हुन्। कांग्रेस पार्टी यी कुरामा बिल्कुल संलग्न छैन,’ उनले भने, ‘संस्थाबाट कहीँ पनि त्यस किसिमका कुरा भएका छैनन्।’
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९
setopati