काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो ।
![Tata](https://npratopaticdn.prixacdn.net/media/promo/Tata_Js3GtSqWkb.gif)
हालको सत्ता गठबन्धनसँग आबद्ध यादवले देउवासँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरेको बताइएको छ । साथसाथै मधेस प्रदेशमा सरकार निर्माणका बारेमा पनि छलफल भएको बताइएको छ ।
![Laxmi bank](https://npratopaticdn.prixacdn.net/media/promo/Laxmi-bank_8pGdc8HaMj.gif)
उपेन्द्र यादवले केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् भने मधेसमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने लबिङ गर्दै आएका छन् ।